अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४२ | Colorodo: 17:57

चितवन प्रहरी प्रमुखको चेतावनी, रविको अन्तर्वार्ता लिनेलाई कारबाही

बिआरटीनेपाल २०७६ भदौ ७ गते ८:४४ मा प्रकाशित

चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले न्यायिक हिरासतमा रहेका पत्रकार रवि लामिछानेको अन्तर्वार्ता लिनेलाई कारबाही गरिने चेतावनी दिनुभएको छ । जिल्ला प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले रविले आफूलाई प्रहरीबाटै असुरक्षा रहेको बताइरहेका बेला यस्तो चेतावनी दिनुभएको हो । मल्लले हिरासतमा रहेका लामिछानेको एक अडियो अन्तर्वार्ता सार्वजनिक भएपछि यस्तो बताउनुभएको छ ।

अनुसन्धानको दायरामा रहेका व्यक्तिको अडियो, भिडियो अन्तर्वार्ता सार्वजनिक गर्न नपाइने मल्लको तर्क छ । सार्वजनिक भिडियो कसले बाहिर ल्यायो भन्ने विषयको पनि अनुसन्धान भइरहेको र बाहिर ल्याउनेलाई कारबाही गरिने मल्लले बताउनुभएको छ । रविलाई भेट्न गएका एक सञ्चारकर्मीले अडियो बाहिर ल्याएका थिए ।

आफ्ना पूर्व सहकर्मी सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की प्रहरी हिरासतमा रहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू