अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

विप्लव नेतृत्वको नेकपाका कास्की इञ्चार्ज रूपेश पक्राउ

बिआरटीनेपाल २०७६ भदौ ६ गते ९:४६ मा प्रकाशित

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीर्का नेता कृष्ण वाग्ले ‘रुपेश’लाई कास्की प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । बिप्लव निकट नेकपाको कास्की ईन्चार्ज रहनुभएका वाग्लेलाइ पोखरा महानगरपालिकाको सिशुवा एरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाइ प्रतिबन्ध लगाएको छ । यसअघि कास्कीमा नेकपाका दर्जनौ कार्यकर्ता पक्राउ परेका छन् । जसमा कास्की सेक्रेटरी लोकेन्द्र वि.क.(सुजन), विवेक भण्डारी ( आक्रोश) लगायतका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू