अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

राष्ट्रिय महिला आयोगमा छिटो पदाधिकारी नियुक्ति गर्न माग

बिआरटीनेपाल २०७६ भदौ ५ गते ८:५० मा प्रकाशित

महिला सुरक्षा दबाब समूहले राष्ट्रिय महिला आयोगमा छिटो पदाधिकारी नियुक्ति गर्न माग गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी समूहले महिलाको हक, अधिकारमा काम गरिरहेको संवैधानिक निकाय पदाधिकारीविहीन हुँदा काम गर्न कठिनाइ भइरहेको बताएको हो ।

समूहकी अध्यक्ष सावित्री थापाले अरु कुनै आयोगमा पदाधिकारीहरुका लागि उमेरको हदबन्दी नभएको भन्दै महिला आयोगमा पनि हदबन्दी हटाउनुपर्ने बताउनुभयो । राज्यका निर्णायक तह र पीडित महिलाहरुबीच समन्वय गर्ने निकाय नै ओझेलमा पर्दा महिलाको न्यायमा पहुँच पुग्न नसकेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू