अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४१
| Colorodo: 12:56
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको निर्माणाधीन भवनमा बिहीबार अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडका कारण भवनमा व्यापक क्षति पुगेको महासंघले जनाएको छ ।
पछिल्लो तीन सातायता भवनमा लगातार क्षति पुर्याउने कार्य भइरहेको पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले जानकारी दिनुभयो । उहाँले तोडफोडमा संलग्नको खोजी गर्न माग समेत गर्नुभएको छ ।