अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

बिआरटीनेपाल २०७६ भदौ ५ गते ८:०१ मा प्रकाशित

दुई दिने नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस जयशंकर स्वदेश फर्कनुभएको छ । नेपाल भारत उच्चस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बुधबार काठमाडौं आउनुभएको थियो ।

काठमाडौं बसाईका क्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, विभिन्न दलका नेतासँग भेट गर्नुभएको थियो ।

जयशंकरको उपस्थितीमा आयोगको पाँचौं बैठकले दुईपक्षीय सम्बन्धलाई बृहत ढंगले समीक्षा गर्दै सहयोगका प्राथमिकता प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू