अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 13:05

चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:३७ मा प्रकाशित

चितवनमा टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रवि समर्थक र प्रहरीबीच झडप भएको हो । प्रदर्शनमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालय अगाडि हुलहुज्जतको प्रयास भएपछि केहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको निसर्त रिहाईको माग राख्दै उहाँका समर्थकहरुले चितवनमा दिनहुँ प्रदर्शन गरिरहेका छन् । पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो सन्देशमा आफ्ना पूर्वसहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका थिए । सोही भिडियोको आधारमा छानबिनका लागि तीनैजना अहिले प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू