अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

म पार्टीभित्रै हेपिएँ– नेकपा वरिष्ठ नेता नेपाल

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:२५ मा प्रकाशित

पार्टी एकता पछिको कार्य विभाजनमा असन्तुष्ट रहनुभएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले आफु पार्टीभित्रै हेपिएको बताउनुभएको छ । सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले उक्त कुरा बताउनुभएको हो ।

“पहिला झलनाथ खनालजीलाई अपमान गरियो। अहिले म अपमानित भएको छु” नेपालले भन्नुभयो, “पार्टी विधान र सिद्धान्त अनुरुप अघि बढ्नुपर्ने मेरो भनाई हो। यसका लागि संघर्ष गरिरहेको छु।”

माओवादी द्वन्द्व सुरु हुनु आगावै धनुषामा मारिएका तत्कालिन माओवादी नेता रामवृक्ष यादवको २५ औं स्मृतिसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल सोमबार जनकपुर जानुभएको थियो । दुवै नेताले धनुषाको बरमझियामा आयोजना हुन लागेको स्मृतिसभालाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू