अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

विद्युत् प्राधिकरणका कर्मचारीलाई सात हजार बोनस, तलबभत्ता पनि बढ्यो

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:३६ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणले ३४ औ वार्षिकोउत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ । आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औं वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्र पुनले सबै तहका कर्मचारीलाई जनही ७ हजारका दरले मुनाफा दिइने बताउनुभयो । निजामति कर्मचारीका लागि सरकारले वृद्धि गरेकै अनुपातमा सबै कर्मचारीको मासिक तलब भत्ता पनि वृद्धि गरिएको उहाको भनाई छ । त्यसैगरी महँगी भत्ताबापत सबै कर्मचारीले प्रति महिना थप २ हजार पाउने भएका छन् । यसअघि प्राधिकरणले कर्मचारीहरुको महँगी भत्ता रोकेको थियो ।

मन्त्री पुनले प्राधिकरण नाफामा जानु र त्यहाँ कार्यरत कर्मचारीको पनि सेवा सुविधा बढ्नुले यो वर्ष गौरवको र उपलब्धिको वर्ष भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७५–७६ मा ७ अर्ब २० करोड नाफा कमाएको छ ।

प्रतिक्रिया