अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

पोखरामा तायमचा नृत्य प्रतियोगिता शुरु

बिआरटीनेपाल २०७६ साउन ३१ गते ८:२० मा प्रकाशित

नेवाः खलः कास्कीको आह्वान तथा महेन्द्रपुल तायःमचा समिति पोखराको आयोजनामा शुक्रवारदेखि गाइजात्रा महोत्सब तथा तायःमचा नृत्य प्रतियोगिताको शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङले नेवार समुदायको संस्कृति संरक्षणमा प्रदेश सरकारको साथ र समर्थन रहने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री गुरुङले नेवार समुदायको संस्कृति संरक्षणले गण्डकी प्रदेश राजधानी पोखराको संस्कृति समृद्ध हुने उल्लेख गर्नुभएको थियो ।

कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले नेवारी समुदायको संस्कृतिबारे प्रकाश पार्दै नेवारी समुदायको आफ्नै सभ्यता रहेको बताउनुभयो । श्रेष्ठले नेवारी सभ्यतामा आफ्नै वास्तुकला, लिपि, भाषा र रहनसहन रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू