अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१६ | Colorodo: 16:31

गायक प्रकाश श्रेष्ठलाई गोपाल योञ्जन स्मृति सम्मान

बिआरटीनेपाल २०७६ साउन ३० गते १०:०३ मा प्रकाशित

यस वर्षको गोपाल योञ्जन स्मृति सम्मान पुरस्कार वरिष्ठ गायक प्रकाश श्रेष्ठले पाउनुभएको छ । संगीतकार, गीतकार तथा गायक गोपाल योञ्जनको ७६ औँ जन्मजयन्तीको अवसर पारेर बिहीबार गायक श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको हो।

शुभारम्भ द म्युजिकल जर्नीले गएको वर्षदेखि गोपाल योञ्जनको नामा स्थापना गरेको पुरस्कार यसपटक नेपाली संगीतमा दिएको योगदानका लागि श्रेष्ठलाई प्रदान गरिएको संयोजक तथा गीतकार सुवासचन्द्र ढुंगेलले जानकारी दिनुभयो । गएको वर्ष गायक संगीतकार दुर्गा खरेलले यो सम्मान पाउनुभएको थियो ।

ललितपुरमा आयोजिक विशेष सांगीतिक श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि संस्कृतिकर्मी चेतन कार्की तथा विशेष अतिथि वरिष्ठ गीतकार नगेन्द्र थापाले नगद तथा सम्मान ताम्रपत्रसहितले गायक श्रेष्ठलाई सम्मान गर्नुभयो । सम्मानित श्रष्ठाले गोपाल योञ्जनको नाममा स्थापना भएको पुरस्कार पाउनु आफ्नो संगीत कर्मका लागि ठूलो हौसला मिलेको बताउनुभयो ।

गोपाल योञ्जनको जन्म विसं २००० को जनैपूर्णिमा (भदौ १०) का दिन भएको थियो । उहाँको स्मृति दिवस हरेक वर्ष जनैपूर्णिमाका दिन मनाउने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू