अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

भारतको स्वतन्त्रता दिवसः नेपाललाई ३० एम्बुलेन्स, ६ बस प्रदान

बिआरटीनेपाल २०७६ साउन ३० गते ९:५१ मा प्रकाशित

भारतले आफ्नो स्वतन्त्रता दिवसको अवसर पारेर नेपाललाई ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण गरेको छ। बिहीबार काठमाडौंमा रहेको भारतीय दूतावासले औपचारिक कार्यक्रमको आयोजना गरी अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले भारतीय सेनामा कार्यरत रहँदा बीरगति प्राप्त गरेका सैनिकका परिवारलाई आर्थिक सहायता रकम पनि हस्तान्तरण गर्नुभयो । भारत सरकारले ३ परिवारलाई वीर नारी, ५ जना एकल महिला र ६ जना दिवंगत सैनिकका परिवारलाई ५ करोड ३१ लाख नेपाली रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरेको छ ।

यस्तै दूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक सहयोग पनि उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू