अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

सुनको भाउ अहिलेसम्मकै उच्च, नेपाली बजारमा तोलाको ७१ हजार पुग्यो

बिआरटीनेपाल २०७६ साउन २८ गते ९:३६ मा प्रकाशित

सुनको मुल्य विश्व बजारमा अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ मंगलबार बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा अघिल्लो दिनको तुलनामा भाउ १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

मंगलबारको भाउ अहिलेसम्मकै उच्च हो। यसअघि सोमबार सुनको मूल्य ७० हजार रुपैयामा कारोबार भएको थियो। महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य पनि प्रतितोला पनि १ हजार रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ

त्यस्तै, चाँदी पनि प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ । यसैबीच, भाउ निरन्तर बढेपछि बजारमा क्रेता ज्यादै न्यून देखिएका छन् । बिक्रेताको भने भीड लागेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको सञ्चार माध्यमहरुले जनाएका छन् । विश्व बजारमा सुन प्रतिआउन्स ०.६४५ १ हजार ५२६.८५ डलर सम्म पुगेको छ । यसअघि सन् २०१३ मा विश्व बजारमा सुन प्रतिआउन्स १ हजार ३८१.०७ डलरसम्म पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू