अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५९ | Colorodo: 11:14

साउनको अन्तिम सोमवार, भगवान शिवको पुजा आराधना गरी मनाईयो

बिआरटीनेपाल २०७६ साउन २७ गते ९:३६ मा प्रकाशित

साउने सोमबार भगवान शिवको प्रिय महिना मानिन्छ । शिवको प्रिय महिना र बार भएकाले साउने सोमबार व्रत बसे शिव प्रसन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा साउने सोमबारका दिन हिन्दु धर्मालम्बीले शिवको पूजा तथा व्रत बसी आराधना गर्ने गर्दछन् ।

साउनको अन्तिम सोमबारको दिन शिवालयमा शिवभक्तहरूको उल्लेख्य उपस्थिति रहेको थियो । पुण्य मिल्ने विश्वासमा आज बिहानैदेखि काठमाडौंको पशुपति मन्दिरमा शिवभक्तहरूको लामो लाइन लागेको थियो । व्रतालुहरूले आफ्ना प्रिय शिव भगवानका महिमामा भजन गाउँदै नाचगान गरेका छन् ।

त्यस्तै, कास्कीको गुप्तेश्वर, केदारेश्वर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वरलगायतका शिवालयहरुमा पनि सोमबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको भीड लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू