अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 02:59

मन्त्री भट्टराईले मिस्टर वर्ल्ड २०१९ मा सहभागी हुन लागेका रायमाझीलाई बधाई तथा शुभकामना

बिआरटीनेपाल २०७६ साउन २० गते ११:०९ मा प्रकाशित

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वर्ल्ड २०१९’मा सहभागी हुन लागेका अक्षय रायमाझीलाई बधाई तथा शुभकामना दिएका छन् । आइतबार मन्त्रालयमा भेट गर्दै मन्त्री भट्टराईले ‘मिस्टर वर्ल्ड’ नेपाल चिनाउने एउटा महत्त्वपूर्ण प्लेटफर्म भएको बताए । उनले उक्त मञ्चबाट भिजिट नेपाल २०२०को सन्देश समेत प्रवाह गर्दै नेपालक भ्रमणको निम्तो समेत दिन अक्षयलाई आग्रह गरे । 

‘नेपालका सबै युवाहरूको प्रतिनिधित्व गरेर तपाईँ ‘मिस्टर वर्ल्ड’मा जाँदै हुनुहन्छ’ मन्त्री भट्टराईले भने ‘फर्कन आएपछि तपाइलाई अभिनन्दन समेत गरौला । महत्त्वपूर्ण कार्यक्रममा जाँदै हुन्छ । भिजिट नेपाल २०२०का लागि सबैलाई निम्तो गर्नु होला । रायमाझीले मिस्टर नेपाल आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापा लगायत एक टोलीका साथमा मन्त्री भट्टराइलाई भेटमा मन्त्रालय पुगेका थिए । भेटमा अक्षयले मन्त्री भट्टराइलाई आफूले नेपालबाट लैजान लागेको भोषभुषा, कलासंस्कृतिको साथमा तयारीको समेत जानकारी गराएको एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् ।

विश्वका एक सय भन्दा बढी राष्ट्रका युवाहरूको सहभागिता रहने प्रतियोगितामा शीर्ष उपाधि नेपाल भित्र्याउनु आफ्नो प्रमुख लक्ष्य हुने अक्षयले बताए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू