अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४६ | Colorodo: 03:01

गण्डकी प्रदेशले मन्त्रालयको संख्या बढाउने

बिआरटीनेपाल २०७६ साउन २० गते १०:०६ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले मौजुदा सात मन्त्रालयलाई बढाएर १० बनाउने भएको छ । मन्त्रालयको संख्या बढाएर १० बनाउने सहमति भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । मन्त्रिपरिषदको संख्या बढाउनका लागि सरकारले एउटा टोली पनि गठन गरेको छ जसमा विज्ञसमेत समावशे गरिएको छ ।

यसअघि, नेपाल प्रशासानिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को एक समूहलाई मन्त्रिपरिषद संगठन संरचना र दरबन्दी कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सुझावसहित विकल्प दिन यसअघि नै प्रदेशले टोली बनाएको थियो । टोलीले प्रतिवेदनमा बुझाउँदै अहिले रहेका मन्त्रालयमा जिम्मेवारी बढी देखिएकाले मन्त्रालय थप्न सुझाव दिएको छ । नेपालको संविधानअनुसार प्रदेशले १० मन्त्रालय राख्नसक्ने सुझावमा उल्लेख छ ।

त्यस्तै, गण्डकी प्रदेशले आफ्नो मातहतका सरकारी कार्यलायहरूको संगठन संरचना र दरबन्दी हेरफेर गर्ने भएको छ । कर्मचारीतन्त्रको अहिलेको संयन्त्रबाट प्रदेशले लक्ष्य राखेको समृद्धि कठिन देखिएपछि प्रशासनिक संरचनामा केही फेरबदल गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । टोलीले पहिलो चरणको सुझावहरू आइतबार प्रदेश सरकारलाई बुझाएको थियो। आइतबार नै मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ सहितको मन्त्रीहरू र सुझाव कार्यदल टोलीबीच छलफल भएको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू