अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

काठमाडौंमा भदौ अन्तिम साता पूर्वाधार सम्मेलन

बिआरटीनेपाल २०७६ साउन १९ गते १०:२२ मा प्रकाशित

आउँदो भदौको अन्तिम साता काठमाडौंमा पूर्वाधार सम्मेलन हुने भएको छ । गुणस्तरीय पूर्वाधार विकासमा सरकार एवं नीति निर्माताको ध्यान खिच्ने र लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन केन्द्रीत हुने बताइएको छ ।

नेपाल उद्योग परिसंघको आयोजनामा आगामी भदौ २५ र २६ गते काठमाडौंमा तेस्रो पूर्वाधार सम्मेलन हुन लागेको हो । परिसंघले आइतबार पत्रकार सम्मेलन गरी गुणस्तरीय पूर्वाधार विस्तार र राष्ट्रिय आकाँक्षालाई पूरा गराउन सम्मेलन सहयोगी बन्ने दाबी गरेको छ । दिगो विकासका लागि पूर्वाधार भन्ने नाराका साथ हुन गइरहेको सम्मेलनले पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी बढाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

यसअघि सन् २०१४ र २०१७ मा पनि नेपालमा पूर्वाधार सम्मेलन भएको थियो । ति सम्मेलनका निष्कर्षका आधारमा २०३० सम्म पूर्वाधार विकासमा चाल्नुपर्ने कदमबारे पनि सम्मेलनमा प्रतिवेदन सार्वजनिक गरिनेछ ।

सम्मेलनमा दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान सेउङ सोसहित छिमेकी देशका मन्त्री एवं विकास साझेदार संस्थाका प्रमुख÷उपप्रमुखको सहभागिता रहनेछ । सम्मेलनमा पाँच सयभन्दा बढी स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागिता रहने परिसंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू