अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

हुम्लाका २ बालिका तीन दिनदेखि सम्पर्कविहीन

बिआरटीनेपाल २०७६ साउन १८ गते ९:५९ मा प्रकाशित

हुम्लामा विगत ३ दिनदेखि २ जना वालिका सम्पर्कविहीन भएका छन् । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको कोट माध्यामिक विद्यालयमा अध्ययनरत दुई जना बालिका तीन दिनदेखि सम्पर्क बिहिन भएका हुन् । दुवै बालिका बुधबारबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

कोट माविमा कक्षा आठमा अध्ययनरत सर्खेगार्ड गाउँपालिका वडा नम्बर सातकी १३ वर्षीया लक्षुका काफ्ले र सिमकोट गाउँपालिका वडा नम्बर सात पाम्लाथुङकी संगिता शाही बुधबारदेखि सम्पर्कविहीन रहेको लक्षुकाका बुवा टंकप्रसाद काफ्लेले बताउनुभयो ।

हराएका बालिकाको खोजी कार्य भैरहेको छ । दुबै जना बालिका घरबाटै निक्लेर सम्पर्कमा नआएको प्रहरी नायब उपरीक्षक राम प्रसाद घर्तीमगरले जानकारी दिनुभयो । उनीहरुले साथमा केही थान कपडा पनि लिएको गएको बताईएको छ । सम्पर्कविहीन बालिकाका आफन्तले खोजी कार्यलाई तिब्रता दिन प्रहरी र संचारकर्मीलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू