अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

सरकारले बाढी पीडितको दीर्घकालिन व्यवस्थापन गर्छ – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ साउन १७ गते १०:१५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट जनताको दीर्घकालिन व्यवस्थापनका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रदेश २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग शुक्रबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले बाढी र डुबानबाट पीडितको सरकारले व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले बाढी पीडितहरूलाई तत्कालिन भन्दा पनि दीर्घकालिन समाधानका लागि सरकारले योजना बनाइरहेको जानकारी दिनुभयो ।

‘बाढी र डुबानको समस्या समाधानको दीर्घकालिन उपायको लागि सरकारले योजना बनाउँदैछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, – ‘वर्षेनी देशमा हुने यस प्रकारका समस्याको दीर्घकालिन समाधानका लागि समुदायलाई नै परिचालन गर्नुपर्दछ । बाढी र डुबानका कारण हुने जनधनको क्षती न्यून गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन पनि गर्नु पर्दछ ।‘ केही समयभित्रै बाढीले क्षती पुर्याएका प्रदेश २ का जिल्लाको भ्रमण गर्ने प्रधानमन्त्रीले सांसदहरूलाई आश्वासन समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू