अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

नख्खु कारागारमा कैदीबीच कुटाकुट, १ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ साउन १७ गते १०:०३ मा प्रकाशित

ललितपुरको नख्खु कारागारमा दुईजना कैदबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो दुई कैदीबीचको विवादले उग्ररुप लिएपछि भएको कुटाकुटमा जग्गा मुद्दामा सजाय काटिरहेका पूर्णबहादुर राजीको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार राजीको वीर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

नख्खुका अर्का कैदी पवनकुमार महतोले आक्रमण गर्दा घाइते भएका पूर्णबहादुरलाई उपचारका लागि वीर अस्पताल लगिएपछि ज्यान गएको हो । कुटपिट गर्ने पवनकुमारलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । नख्खुमा नेत्रविक्रम चन्द विप्लवका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश वली र केन्द्रीय सदस्य माइला लामालाई पनि राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू