अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०७ | Colorodo: 14:22

नोवेल अस्पताल र मृतकका आफन्तबीच सहमति

बिआरटीनेपाल २०७६ साउन १६ गते १०:१५ मा प्रकाशित

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुत्केरी गराउन भर्ना गरिएकी सुनसरी, झुम्काकी पार्वती कार्कीको मृत्यु भएपछि उत्पन्न तनाव सहमतिमा टुंगिएको छ । मृतकको उपचारमा लागेको खर्च मिनाहा गर्ने र नवजात शिशुको लालनपालनका लागि आवश्यक रकम अस्पतालले दिने सहमति भएपछि समस्या समाधान भएको हो ।

अस्पतालले मृतकको उपचारमा लागेको २६ हजार रुपैयाँ फिर्ता गरेको छ भने तिर्न बाँकी ९ हजार रुपैयाँ मिनाहा गर्ने सहमति भएको छ । त्यसैगरी, नवजात शिशुको लालनपालनका लागि अस्पतालले दुई लाख रुपैयाँ दिएको छ । यो सहमतिसंगै मृतकका आफन्तले बिहीबार अपराह्न शव बुझेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू