अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१२ | Colorodo: 00:27

बिलासी वस्तुको कडाइले राजस्वमा कमी – अर्थमन्त्री खतिवडा

बिआरटीनेपाल २०७६ साउन १६ गते ९:४४ मा प्रकाशित

अर्थमन्त्री युवराज खतिवडाले बिलासी वस्तुको आयात कम गरेका कारण भन्सार राजस्वमा कमी आएको बताउनुभएको छ । भन्सार विभागले गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बिलासी वस्तुहरुको आयातमा कमी गरेका कारण भन्सार राजस्वमा कमी आएको बताउनुभयो । आयातमा कडाइ गर्दा व्यापार वृद्धिदरमा कमी आएको खतिवडाको भनाइ छ।

नेपाली उद्योगलाई संरक्षण गर्नका लागि भन्सारमा कडाई गरिएको मन्त्री खतिवडाले बताउनुभयो । समग्रमा भन्सार राजस्व १२ प्रतिशत रहेको बताउँदै खतिवडाले कतिपय वस्तुलाई धेरै राजस्व र कतिपयलाई कम राजस्व लिइएको उहाको भनाई थियो । खतिवडाले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय पूँजी निर्माणमा निजी क्षेत्रलाई आह्वान गर्दै अर्थमन्त्री डा. खतिवडाले भन्सार र व्यापारका पूर्वाधार बनाउन र सुस्तगतिमा भइरहेको औद्योगिकीकरणलाई द्रुतगतिमा बढाउन सार्वजनिक निजी साझेदारी आवश्यक भएको विचार व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले चोरी निकासी पैठारी नियन्त्रणमा इमान्दारीपूर्वक लाग्न सम्बद्ध पक्षलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा अर्थसचिव राजन खनालले कारोवारमा आधारित भन्सार प्रणाली क्रमशः विकास गर्दै जाने सरकारको नीति रहेको जानकारी दिँदै बिल बिजकका समस्या उद्यमी–व्यवसायीबाट उत्पन्न हुन नहुनेमा जोड दिनुभयो ।

भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले भन्सारमा क्षेत्रलाई छिट्टै बकिङ प्रणाली मार्फत सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ भन्सार रियल कारोबारको आधारमा गराउन सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू