अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 13:14

राष्ट्रिय सभा बैठक– मुल्यवृद्धि नियन्त्रण गर्न सांसद्हरुको माग

बिआरटीनेपाल २०७६ साउन १६ गते ९:४२ मा प्रकाशित

राष्ट्रियसभा सदस्यहरुले दैनिक उपभोग्य वस्तुको बजार मूल्य आकासिएको भन्दै बजार मूल्य नियन्त्रणबारे सरकारले गरेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । राष्ट्रियसभाको विहिबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले फलफुल तथा तरकारी लगायत खाद्यान्न तथा मासुमा अस्वभाविक मूल्य बढेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राधेश्याम अधिकारीले तरकारीको मूल्य अकासिँदै गएको भन्दै बजार मूल्यबारे सदनमा छलफल गरिनुपर्ने बताउनुभयो । उहाँले खाद्यान्न लगायत मासुको मूल्य पनि आकासिँदै गएकाले बजार मूल्यको तुलनात्मक अध्ययन गर्न सरकारलाई आग्रह गर्नुभयो । सांसद् दिल कुमारी रावलले विभिन्न वहानामा तरकारी तथा खाद्यान्नको मूल्य बढाउने काम भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सर्वसाधरणको आधारभूत आवश्यकताका तरकारी, फलफूल तथा खाद्यान्नको सहज र सर्वसुलभ आपूर्तिको व्यवस्था गर्न पनि उहाँले माग गर्नुभयो ।

सांसद् खिमलाल भट्टराईले विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा हुँदै आएको दलिय भागवण्डाको अन्त्य गर्न सरकार र शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । निकट भविष्यमा नै सबै विश्वविद्यालयमा पदाधिकारीहरु रिक्त हँुदै गरको भन्दै उहाँले सातवटै विश्वविद्यालयका पदाधिकारी चयनका लागि अधिकार सम्पन्न स्वतन्त्र सर्च कमिटी निर्माण गरि योग्यता र क्षमताका आधारमा उपकुलपति देखि विभागिय प्रमुख सम्मको नियुक्ति गर्ने कानुनी प्रवन्ध गर्न माग गर्नुभयो ।

सांसद् रामप्रित पासवानले अहिले पनि जातिय आरक्षण र एकाधिर कायम रहेको भन्दै जातिय असमानताको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । अर्का सांसद् जितेन्द्र नारायण देवले तराईका जिल्लामा बर्षेनी हुने बाढी र डुबानको दीर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू