अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२० | Colorodo: 06:35

चीनसँग हवाई सम्झौता, नेपाल वायुसेवा निगमले चीनका १५ वटा सहरमा उडान भर्ने

बिआरटीनेपाल २०७६ साउन १० गते ९:३९ मा प्रकाशित

नेपाल र चीन सरकारबीच हवाई सम्झौता पुनरावलोकन भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव सुरेश आचार्य नेतृत्वको टोलीले शुक्रबार बेइजिङमा सातामा ९८ वटा उडान गर्ने पाउने गरी हवाई सम्झौता पुनारावलोकन गरिएको पर्यटन मन्त्रालयले जनाएको छ।

यसअघि सातामा ७० वटा उडान गर्न पाउने सहमति भएको थियो। अहिलेको सम्झौता अनुसार उडान थपेर सातामा ९८ उडान गरिने भएको छ। सम्झौतामा नेपाल वायुसेवा कम्पनीले चीनका १५ सहरमा उडान गर्न पाउनेछन्। यसअघिको सम्झौतामा ७ सहरमा मात्रै उडान हुँदै आएको थियो।

पुरानाो सम्झौतामा नेपालले बेइजिङ, संघाई, ल्हासा, गोन्जाओ, कुनमिङ, छेन्दु र सियान गरी ७ सहरमा उडान गर्न पाउने उल्लेख छ। अहिले चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन्।

९८ उडान मध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ७० तथा पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहरबाट २८ वटा उडान गर्ने पाउने गरी सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू