अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 20:29

तत्काल महाधिवेशनको मिति तोकेर कार्यतालिका बनाउन कांग्रेस केन्द्रीय सदस्यहरुको माग

बिआरटीनेपाल २०७६ साउन १० गते ९:३७ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले जारी केन्द्रीय समिति बैठकबाटै महाधिवेशनको मिति तोकेर कार्यतालिका बनाउन माग गरेका छन् । केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले महाधिवेशनका लागि थोरैमात्र समय रहेको भन्दै अन्तरकालीन व्यवस्थालाई पनि महाधिवेशनकै चरणका रुपमा लैजान माग गरेका छन् ।

विधानमा अन्तरकालीन व्यवस्थाका लागि भौगोलिक आधारमा समिति गठन गर्ने भनेकाले त्यस्ता समितिलाई अधिवेशनको रुप दिएर जान सदस्यहरुको माग छ । अन्तरकालीन समितिहरु कसरी निर्माण गर्ने भन्ने विषयमा पनि कांग्रेसभित्र मतभेद छ ।

संस्थापन पक्ष सहमतिबाट यस्ता समिति बनाउनुपर्नेमा छ भने इतर पक्ष यसलाई नै अधिवेशन मानेर जानुपर्ने पक्षमा देखिएको छ । सरकारले प्रभावकारी ढंगबाट काम गर्न नसक्दा पनि प्रतिपक्ष दलको भूमिका प्रभावकारी बन्न नसकेको भन्दै सदस्यहरुले आलोचना गरेका छन् ।

उनीहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न र जनताको मन जित्ने अभियान सन्चालन गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू