अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४१ | Colorodo: 20:56

कर्णालीलाई पर्यटकीय गन्तव्य बनाउन निजी क्षेत्रको साथ खोजिँदै

बिआरटीनेपाल २०७६ साउन ९ गते १०:०६ मा प्रकाशित

पर्यटन वर्ष नजिकिँदै गर्दा कर्णाली प्रदेशले सरोकारवालासँग छलफल गरेको छ । देश भिजिट नेपाल २०२० मनाउने पूर्वसन्ध्यामा कर्णाली प्रदेशले केन्द्रमा आएर अन्तरक्रिया गरेको हो । सरकारले बनाएको पर्यटन वर्ष २०२० कर्णाली प्रदेश संयोजन समिति, पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डको संयोजनमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको हो । सरकारले पर्यटन व्यवसायी राजु कार्कीको संयोजकत्वमा कर्णाली प्रदेश संयोजन समिति गठन गरेको थियो ।

सरकारले बनाएको पर्यटन वर्ष २०२० कर्णाली प्रदेश संयोजन समिति, पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डको संयोजनमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको हो । अन्तरक्रिया कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, वन तथा वातावरण मन्त्री शक्तीबहादुर बस्नेत, नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य, पूर्व गृह तथा ऊर्जा मन्त्री जनार्दन शर्मा तथा कर्णाली प्रदेशबाट निर्वाचित सांसदहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा कर्णाली विकासमा साझेदार दातृ निकायको प्रदेशहरुको पनि सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा ‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले नेपालमा सबैभन्दा बढी पर्यटकीय सम्भावना बोकेको प्रदेश कर्णाली रहेको बताउनुभयो । उहाँले कर्णालीको विकासमा निजी क्षेत्रलाई साथमा लिएर कर्णालीलाई पर्यटकीय गन्तव्य बनाउने काम अग्रसर हुनुपर्ने उल्लेख गर्नुभयो ।

भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्र कर्णाली प्रदेशले पनि आफ्नो तयारीका बारेमा जानकारी गराएको संयोजक राजु कार्कीले जानकारी दिनुभयो । संयोजक कार्कीका अनुसार कर्णाली प्रदेशमा १०० पर्यटकीय गन्तव्यमध्ये २१ स्थान पर्दछन् । सातै प्रदेशमा कर्णाली सबैभन्दा ठूलो र न्यून जनसंख्या भएको प्रदेश हो । जनघनत्व निकै कम भएको कर्णाली राष्ट्रकै सबैभन्दा भर्जिन ल्यान्ड हो ।

कर्णाली प्रदेशमा रारा ताल, विश्वकै अग्लो स्थानमा रहेको छायाँनाथ मन्दिर, डोल्पाको शे–गुम्बा र शे–फोक्सुडो ताल, वाला त्रिपुरा सुन्दरी, जुम्लाको नेपाली भाषा तथा सभ्यताको उद्गमथलो सिञ्जा उपत्यका, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै मन्दिर, कालीकोटको रास्कोट, पञ्चदेवल, विश्वकै अग्लो स्थानमा रहेको पातल छाँगो छ । त्यस्तै हुम्लाको लिमी उपत्यका, सबैभन्दा पुरानो हाल्जी गुम्बा, रलिङ गुम्बा, याल्वाङ गुम्बा, खापुनाथ देखि मानसरोवर कैलाशको पैदल यात्रा, सल्यानको कुपिन्डे दह, ठाकुरजी दह, दैलेखमा ज्वाला, दुल्लु दरबार, नेपालका विभिन्न जातिका ३२ थरको उद्गमस्थललगायत प्रमुख पर्यटकीय गन्तव्य हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू