अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

भारतसंग कूटनीतिक पहलमार्फत मधेशका बस्ती डुवान हुनबाट बचाउनुपर्छ– सभापति देउवा

बिआरटीनेपाल २०७६ साउन ८ गते ९:५० मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले भारतसँग कूटनीतिक पहल गरेर मधेशका बस्ती डुबान हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । नेपालले भारतलाई र भारतले नेपाललाई दोष दिँदा बस्तीहरू वर्षेनी डुबानमा परेको भन्दै देउवाले कूटनीतिक पहलबाटै डुबानको स्थायी समाधान खोज्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा संसदको बुधबारको बैठकमा बोल्दै सभापति देउवाले तराईमा बस्तीहरू डुबानमा परेको र पहाडमा पहिरोले जनधनको क्षति भए पनि सरकार गम्भीर नभएको टिप्पणी गर्नुभयो । डुबान पीडितले त्रिपाल, खाद्यान्नसमेत नपाएको भन्दै देउवाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू