अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

दक्षिण कोरियाको निजी क्षेत्रलाई नेपालमा लगानी गर्न श्रम मन्त्री विष्टको आग्रह

बिआरटीनेपाल २०७६ साउन ७ गते १०:०८ मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा पनि रोजगारीको अवसर सृजना हुनेगरी लगानी गर्न दक्षिण कारियाको निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । मन्त्री विष्टले दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको उल्लेख गर्दै अब नेपालमै रोजगारीको अवसर सृजना हुने गरी लगानी गर्न आग्रह गर्नुभयो ।

मंगलबार दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरुले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले नेपालमा लगानीका लागि आवश्यक वातावरण बनेकोतर्फ पनि दक्षिण कोरियाली निजी क्षेत्रको ध्यानाकर्षण गराउनुभयो । मन्त्री विष्टले दक्षिण कोरियाबाट फर्केका कामदारहरुको सिप र अनुभवलाई भरपुर उपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सरकार लागिपर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । दक्षिण कोरियाले आफ्नै स्रोत र साधनको उपयोग गरेर समृद्धि हासिल गरेको उल्लेख गर्दै उनले त्यसबाट नेपालले धेरै पाठ सिक्न सक्ने उहाँको भनाई थियो ।

सरकारी तथ्यांक अनुसार हालसम्म ६३ हजार नेपाली कामदारले दक्षिण कोरियामा रोजगारी पाएका छन् । मन्त्री विष्टले उनीहरुको ज्ञान, सीप र अनुभवले पनि नेपाललाई समृद्ध बनाउन सघाउन पुर्याउने विश्वास समेत ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू