अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

क्लिनफिड कुनैपनि हालतमा फिर्ता हुँदैन– संचारमन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ साउन ६ गते ८:१३ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कुनै पनि हालतमा क्लिनफिडको प्रावधान फिर्ता नगरिने बताउनुभएको छ । नेपाली टेलिभिजन क्षेत्रका लागि ल्याउन लागिएको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संसद्को विकास तथा प्रविधि समितिमा भएको छलफलका क्रममा मन्त्री बास्कोटाले यस्तो बताउनुभएको हो ।

नेपाली कांग्रेसका सांसदहरु दिव्यमणि राजभण्डारी र सुजाता परियारसहितले क्लिनफिडको प्रावधान हटाउन विधेयकमा संशोधन प्रस्ताव हालेपछि मन्त्री बास्कोटाले यस्तो जवाफ दिनुभएको हो । क्लिनफिड देशको भावना, राष्ट्रियता र हितको कुरा भएको बताउँदै मन्त्री बाँस्कोटाले त्यही कारण हटाउन नसकिने प्रष्ट पार्नुभयो । सो अवसरमा मन्त्री बास्कोटाले विदेशी च्यानलको विज्ञापन नेपाली भाषामा डबिङ गर्न पनि नदिने बताउनुभयो । बहुराष्ट्रिय कम्पनीहरुले नेपालमै आएर विज्ञापन बनाउनुपर्नेमा उहाको जोड थियो ।

कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले संसारभर लाइसेन्सवाला बन्दुक लिन विज्ञापन गरेको उहाहरण दिँदै व्यवसायिकरुपमा विस्फोटक पदार्थको विज्ञापन पनि भइरहेको जिकिर गर्नुभएको थियो । त्यसपछि मन्त्री बास्कोटाले देश टुक्राउन पाइन्छ भन्ने विज्ञापन पनि बजेको बताउँदै त्यस्ता कुरा कुनै हालतमा नागरिकसामू पुर्याउन नहुने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू