अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 17:49

विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ

बिआरटीनेपाल २०७६ साउन ५ गते ७:५८ मा प्रकाशित

प्रहरीले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ । काठमाडौंको काँडाघारीबाट लामालाई प्रहरीले आइतबार मध्यरातमा पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले विशेष सूचनाको आधारमा लामा पक्राउ परेको जानकारी दिनुभयो । उहाँका अनुसार लामालाई विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर पक्राउ गरिएको हो । प्रहरीले माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरेको छ । प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ ।

सरकारसँग वार्ताको प्रयास भइरहेका बेला उपत्यकाका प्रभावशाली नेता पक्राउ परेपछि वार्ता प्रयास प्रभावित हुने देखिन्छ । विप्लव नेतृत्वका प्रभावशाली नेताहरूले प्रतिबन्ध फुकुवा, पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ लगायतका माग राखेका छन् । फागुन २८ गते सरकारले विप्लव समूहलाइ प्रतिबन्ध लगाए यता सो समूहका शीर्ष नेतासहित ५०० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू