अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

तालाबन्दीका कारण पोखरा विश्वविद्यालयमा एमए र एमफिलको परीक्षा स्थगित

बिआरटीनेपाल २०७६ साउन ५ गते ७:४३ मा प्रकाशित

पोखरा विश्वविद्यालयमा भएको तालाबन्दीका कारण एमए र एमफिलको परीक्षा स्थगित भएको छ । विश्विद्यालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै अर्को सूचना प्रकाशन नभइन्जेल परीक्षा स्थगित भएको जनाएको छ ।

पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन गरिने पूर्व प्रकाशित तालिका बमोजिम स्प्रिङ सेमेस्टर २०१९ को स्नातकोत्तर तहका एमफिल अंग्रेजी, एमए अंग्रेजी, एमए जनसंख्या, जेन्डर एण्ड डेभलपमेन्ट र डेभलपमेन्ट स्टडिज कार्यक्रमहरुको सेमेस्टर इन्ड परीक्षा स्थगित भएको हो ।

परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै पोखरा विश्वविद्यालयका बिपिएचका विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका थिए । असार तेस्रो हप्ता देखिक्याम्पसको सेवा आयोग, उपकुलपतिको कक्ष, लेखा लगायतका शाखामा तालाबन्दी छ । पब्लिक हेल्थको स्नातक तहको (बिपिएच) पहिलो सेमेष्टरका ३४६ विद्यार्थीमा १६० विद्यार्थीको परीक्षा गत वैशाखमा छुटेको थियो ।

स्नातक तह व्यवस्थापन सङ्कायमा भर्ना हुन न्यूनतम ‘सि’ ग्रेड ल्याउनुपर्नेमा सो नगरिएकाले विधि मिचिएको भन्दै वैशाखमा गरिएको आन्दोलनमा बिपिएचका विद्यार्थी छुटेका थिए । क्याम्पसले भर्ना गरेका ३४६ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन सर्वोच्चले आदेश दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू