अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

नक्कली भारतीय रुपैयाँसहित कैलालीमा दुईजना पक्राउ

बिआरटीनेपाल २०७६ साउन ४ गते ७:०० मा प्रकाशित

४० हजार ९०० नक्कली भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार कैलालीको धनगढी उपमहानगरपालिका–१ बाट नक्कली भारुको कारोबार गरिरहेको अवस्थामा प्रहरीले पक्रेको हो । पक्राउ पर्नेमा भारत, लखिमपुरका श्रवण सिंह र सुरजित सिंह रहेका छन् ।

उनीहरु सुन खरिद गर्ने उद्देश्यले धनगढी आएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो । उनीहरुले १०० रुपैयाँ अंकित दरका नक्कली भारु बोकेका थिए । ती नक्कली नोट बरामद गरिएको छ । उनीहरुको साथबाट महात्मा गान्धीको फोटो भएको 6BW81760 नम्बर उल्लेख १०० दरका नक्कली नोट ९४ थान बरामद गरिएको हो ।

यस्तै, महात्मा गान्धीको फोटो भएको 68W81761  नम्बर उल्लेख १०० दरका नक्कली नोट २० थान, महात्मा गान्धीको फोटो भएको 6BW81762 नम्बर उल्लेख १०० दरका नक्कली नोट ९४ थान, महात्मा गान्धीको फोटो भएको 6BW81763 नम्बर उल्लेख १०० दरका नक्कली नोट ८६ थान र महात्मा गान्धीको फोटो भएको 6BW81764 नम्बर उल्लेख १०० दरका नक्कली नोट ११५ थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू