अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

पद, शक्ति र सम्पत्तिका लागि पार्टीमा जे पनि गर्ने प्रवृत्ति बढ्यो– नेकपा प्रवक्ता श्रेष्ठ

बिआरटीनेपाल २०७६ साउन ४ गते ६:५१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पद, शक्ति र सम्पत्तिका लागि पार्टीमा जे पनि गरिदिने प्रवृत्ति बढेको बताउनुभएको छ । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य, गोरखाका पूराना बामपन्थी नेता श्रीनाथ अधिकारीलाई श्रद्धाञ्जली दिन शनिबार गोरखामा आयोजित सभामा श्रेष्ठले नेकपा ‘दाई कांग्रेस’ हुँदै गएको बताउनुभयो ।

‘पोस्ट, पावर र प्रोपर्टीका लागि जे पनि गरिदिने?,’ उहाँले प्रश्न गर्नुभयो, ‘हामी ठूलो कांग्रेस हुन खोजेर भइँदैन । कम्युनिष्ट क्रान्तिकारी बुझेर जनताले हामीलाई शक्तिशाली बनाएको हो।’

प्रवक्ता श्रेष्ठले पब्लिक, प्राइभेट साझेदारी गर्न पीपीपी आवश्यक भए पनि पार्टीभित्र अर्कै रुपमा बुझ्न थालिनु गलत भएको बताउनुभयो । पार्टीले वैचारिक र साँस्कृतिक समस्या हल गरी प्रष्ट भएर अघि बढ्नु पर्ने श्रेष्ठले बताउनुभयो ।

नेकपाभित्र महत्वपूर्ण ६ विभागमा श्रेष्ठले स्कुल विभाग पाउनुपर्ने माग गरिरहनुभएको छ । यो विभाग पूर्व एमालेले पाएको र त्यसमा ईश्वर पोखरेललाई पठाउने सहमति भए पनि पूर्व एमाओवादी पक्षले पुनः दाबी गरेपछि सहमति हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू