अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

जनजाती महासंघको प्रदेश १ बन्दले जनजीवन प्रभावित

बिआरटीनेपाल २०७६ साउन ३ गते २३:४१ मा प्रकाशित

नेपाल आदिवासी जनजाती महासंघले आह्वान गरेको प्रदेश नं १ बन्दले शनिबार बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । सडकमा यात्रुबाहक सवारी साधन फट्टफुट्ट चलेका छन् भने बजार आंशिक खुलेका छन् ।

संविधानले व्यवस्था गरेको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको भन्दै शुक्रबार महासंघ झापाले विर्तामोडमा पत्रकार सम्मेलन गरी बन्दको घोषणा गरेको थियो । लोकसेवा आयोगले स्थानीयतह र प्रदेशका लागि ९ हजार एकसय २६ जना निजामती कर्मचारीका लागि आह्वान गरेको विज्ञापनमा आरक्षण ४५ प्रतिशत हुनु पर्नेमा २३ प्रतिशत मात्र राखिएको प्रति महासंघले आपत्ति जनाउँदै प्रदेश बन्दको आह्वान गरेको हो ।

महासंघमा आवद्ध भएकाहरुले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको शुक्रबार बेलुका बिर्तामोडको मुक्तिचोकमा पुत्ला दहन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू