अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२८ | Colorodo: 17:43

बाढीले बर्दिवासस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बिआरटीनेपाल २०७६ साउन ३ गते २३:४० मा प्रकाशित

महोत्तरीको भप्सी खोलामा बाढी आएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। शनिवार बिहान ६ बजेदेखि राजमार्ग अवरुद्ध भएपछि सयौं सवारी र यात्रु बीच बाटोमै अलपत्र परेका छन्। महोत्तरीको बदिवासमा रहेको पक्की पुल केही दिनअघिको बाढीले बगाएपछि खोलाबाटै डाइभर्सन गरी सवारीसाधन चलाइएको थियो।

शुक्रबार रातिको वर्षाले बाढी आएपछि गाडीहरु रोकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। प्रहरीका अनुसार पानी परिरहेकाले राजमार्ग खुलाउनका लागि अझै केही समय लाग्नेछ। पानीको बहाव घटेपछि मात्रै गाडी चलाउन दिने प्रहरीले जनाएको छ।

यसैबीच, पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पांग्रेभिरमा पहिरो झरेपछि मेची राजमार्गमा पनि गाडी चलेका छैनन्। काठमाडौंबाट प्रदेश ३ को राजधानी हेटौंडा जाने दुईवटै सडक एक सातादेखि अवरुद्ध छन्। फाखेल र सिस्नेरी हुँदै आवतजावत गर्ने दुवै सडकका विभिन्न ठाउँमा पहिरो खसेको र पहिरो पन्छाउन समय लाग्ने भएकाले बाटो खुल्न नसकेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू