अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

भारत र चीनबाट नेपालले सबै क्षेत्रमा लाभ लिन सक्छ– माधव नेपाल

बिआरटीनेपाल २०७६ साउन २ गते ९:३० मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल–भारतबीच सदियौंदेखि घनिष्ट सम्बन्ध रहँदै आएको बताउनुभएको छ । वरिष्ठ नेता नेपालले भारत र चीन दुई ठूला छिमेकी मुलुकबाट नेपालले सबै क्षेत्रमा लाभ लिन सक्ने पनि स्पष्ट पार्नुभयो ।

बिहीबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दुई मुलुकबीच घनिष्ट सहकार्य रहँदै आएको र नेपालको समृद्धिका लागि त्यो सहकार्यलाई अझै बढ्वा दिँदै जानुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको समृद्धिका लागि भारतसँगको सहकार्यलाई अझै जोड दिइएको बताउनुभयो । उहाँले दुई मुलुकबीच पर्यटन र व्यापार क्षेत्रमा उल्लेख्य वृद्धि गर्न नेपालले चाहेको पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपालको समृद्धिका लागि भारत सरकार, त्यहाँका व्यापारीहरु जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध रहि आएको र त्यसलाई अझै सुदृढ बनाउँदै लैजान भारत सरकार तयार रहेको राजदूत पुरीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू