अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

आरक्षण सधैको लागि होइन – मुख्यमन्त्री गुरुङ

बिआरटीनेपाल २०७६ असार २९ गते १०:०७ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आरक्षण सधैको लागि नभएको बताउनु भएको छ । पछाडि परेका जातजातिलाई अन्य जातजातिकै अबस्थामा पु¥याउनको लागि केही बर्ष आरक्षण भएपनि सधैको लागि आरक्षण नहुने बताउनु भयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) गण्डकी प्रदेशको प्रथम प्रादेशिक महाधिवेशनको उदघाटन गर्दे सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री गुरुङले लोकतन्त्रमा सवैको अधिकार बराबर हुने तर कसैलाई आरक्षण दिने र कसैलाई नदिदा अन्याय गरेको जस्तो देखिएपनि यो लामो सयम सम्मको लागि नभएको बताउनु भयो । जनजाति पछाडि परेको कुनै नेताको कारण नभएर मुलुकको राज्यब्यवस्थाको कारण भएको भन्दै कुनैपनि नेतालाई गाली नगर्न उहाँले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले लोकतन्त्र समावेशी खालको हुनु पर्ने भन्दै सञ्चार माध्यमलाई समावेशी बनाउनु पर्नेमा जोड दिनु भयो । फोनिजका संघिय अध्यक्ष डण्ड गुरुङले सञ्चार माध्यम पुर्णरुपमा समावेशी हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा ,नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष शान्ती गुरुङ , तमुधिं नोपलका अध्यक्ष कर्म गुरुङ, पुरस्कार छनोट समितिका संयोजक सुरेन्द्र थापा मगर लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू