अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३८ | Colorodo: 09:53

मन्त्री महासेठको कार्यक्रममा पत्रकारलाई भिडियो खिच्न रोक

बिआरटीनेपाल २०७६ असार २९ गते १०:०४ मा प्रकाशित

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न सञ्चारमाध्यमहरूलाई रोक लगाउनुभएको छ । आइतबार मन्त्रालयमा नेपाली कांग्रेस नुवाकोटले अवरुद्ध काठमाडौं–नुवाकोट सडक सञ्चालनका लागि ज्ञापन पत्र बुझाउने कार्यक्रममा ज्ञापन पत्र बुझ्ने क्रममा पुगेका सञ्चारकर्मीहरूलाई मन्त्री महासेठले भिडियो खिच्न रोक लगाउनुभएको हो ।

आफ्नो कार्यकक्षबाट कार्यक्रमस्थलमा प्रवेश गर्ने बित्तिकै उहाँले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न निर्देशन दिनुभएको थियो । पछिल्लो समय कानुनमार्फत् मिडियामाथि अकुंश लगाउने प्रयास गरिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । यही बेला मन्त्री महासेठले आदेशको शैलीमा आफू सहभागी कार्यक्रमको भिडियो खिच्न रोक लगाउनुभएको हो । मन्त्री महासेठले सञ्चारमाध्यमहरूलाई भिडियो लिन हुन्न भने पनि त्यसको कारण भने केही बताउनुभएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू