अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६७ पुग्यो, अझै ३० जना बेपत्ता , १ हजार ४ सय ४५ जनाको सकुशल उद्दार

बिआरटीनेपाल २०७६ असार २९ गते ९:४९ मा प्रकाशित

शुक्रबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म ६७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले जारी गरेको पछिल्लो विवरण अनुसार हाल सम्म २६ जना महिला र ४१ जना पुरुषको बाढीको कारण मृत्यु भएको हो । बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३/३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २/२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १/१ जना गरी जम्मा १ हजार ४ सय ४५ जनालाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

बाढी पहिरोमा परी डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, ईलाम र मोरङमा ३/ ३ जना, महोत्तरी र मकवानपुरमा २/ २ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १/१ जना गरी ३२ जना वेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये १४ महिला र १८ जना पुरुष छन्।

वेपत्ताको खोजी कार्य जारी छ । साथै धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३/३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २/२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १/१ जना गरी जम्मा ३९ जना घाइते भएका छन्। घाइतेमध्ये १८ महिला र २१ पुरुष रहेका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू