अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४७ | Colorodo: 01:02

नेपालमा पहिलोपटक माइक्रोवेभ एब्लेशनबाट मृगौला ट्युमरको उपचार सुरू

बिआरटीनेपाल २०७६ असार २८ गते २:१५ मा प्रकाशित

नेपालमा माइक्रोवेभ एब्लेशनबाट मृगौला ट्युमरको उपचार सुरू गरिएको छ । काठमाण्डौंको चाबहिलमा रहेको ओम अस्पताल तथा रिसर्च सेन्टरमा नेपालमा पहिलोपटक मृगौलाको ट्युमरको उपचार गर्न माइक्रोवेभ एब्लेशन प्रोसिडियोर गरिएको छ । ओम अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. अजित थापाले आइसियु तथा एनेस्थेसिया बिभागका डाक्टरहरुसँगको सहकार्यमा पोखराको लेखनाथ नगरपालिकाका दशरथ बरालको उपचारमा माइक्रोवेभ एब्लेशन गर्नुभएको हो ।

बरालको दाँहिने मृगौलाको तल्लो भागमा रहेको ३ सेन्टिमिटर भन्दा लामो रेनल सेल कार्सिनोमा ट्युमरको उपचारमा ओम अस्पतालका युरोलोजि बिभागका प्रमुख प्रा.डा.भोलाराज जोशीको टिम संलग्न रहेको थियो ।

कलेजो तथा फोक्सोको ट्युमरको उपचारका लागि यस किसिमका एब्लेशन पहिले गरिसकिएको भएपनि मृगौलामा रहेको ट्युमरको उपचारकालागि भने नेपालमा पहिलोपटक प्रोसिडियोर गरिएको डा. अजित थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू