अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

उदयपुरमा त्रियुगा नदीको बाँध फुट्दा २ हजार घरपरिवार विस्थापित, उद्धार कार्य जारी

बिआरटीनेपाल २०७६ असार २८ गते २:०६ मा प्रकाशित

चार दिनको लगातारको वर्षाले त्रियुगा नदीमा बाढी नदीको ४३ किलोमिटरको गाउँबस्तीमा रहेका करीब २ हजार घर डुबानमा परेका छन् । सप्तकोशीको भंगालोको कारण त्रियुगा नदीको पानीको निकास नहुँदा बेलका नगरपालिका १ अम्बासीमा बाँध फुटेर नगरपालिकाको आमबासी, पुरन्दह, भागलपुर, बेलहा, करैया, चन्द्रपुर लगायतका गाउँ डुबानमा परेका हुन् ।

बाढीले त्रियुगा नगरपालिकाले त्रियुगा नगरपालिका १२ त्रिवेणी टोल, चौदण्डीगढी नगरपालिका ५ बेल्हा खैरा र बेलका नगरपालिका १ अम्बासीमा बाँध फुटेर बस्ती डुबानमा परेको बेलका नगरपालिका २ का वडा सदस्य कुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सप्तकोशीको भंगालोको कारण त्रियुगा नदीको पानीको निकास नहुँदा बेलका नगरपालिका १ अम्बासीमा बाँध फुटेर नगरपालिकाको आमबासी, पुरन्दह, भागलपुर, बेलहा, करैया, चन्द्रपुर लगायतका गाउँ डुबानमा परेको छन् ।

यस्तै फत्तेपुर पुल र चन्द्र नहरको विचमा बाढी पस्दा आमबासीका करिव २ सय ५० भन्दा बढीको उद्धार गरिएको इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज नविन कुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार घरहरुमा करीब ७ देखि ८ फिटसम्म पानी जमेको छ।

डुवानमा परेकाहरुको अन्नपात, खानेकुरा, लत्ताकपडा बगेकोले राहतको लागि नगरपालिका, नेपाल रेडक्रस सोसाइटीले बाँडने तयारी गरेको छ । यस्तै त्रियुगा नदीले चौदण्डीगढी नगरपालिका ५ बेल्हामा बाँध फुटाएको छ। बाढीले सयौ बिगाहा जमिन बगरमा परिणत भएको छ भने १० घर परिवारको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले उद्धार गरेको बताइएको छ । उद्दार गरिएका परिवारलाइ स्कुलमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू