अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

बाढीपहिरो पीडितको उद्दारमा सेना परिचालन

बिआरटीनेपाल २०७६ असार २८ गते १:२४ मा प्रकाशित

अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएसँगै उद्दारका लागि नेपाली सेनाले आफ्ना विभिन्न स्थानमा तैनाथ युनिटहरुलाई परिचालन गरेको छ ।

नेपाली सेनाका अनुसार सेनाको पुर्वी पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गत भोजपुर, उदयपुर, सुनसरी, काठमाडौं र ललितपुरमा उद्दार कार्य गरिएको छ । यसक्रममा सेनाले स्थानीयको व्यक्तिगत क्षती न्युनिकरणमा विशेष ध्यान दिएको सेनाले जनाएको छ ।

सेनाद्दारा जारी विज्ञप्ती अनुसार भोजपुरमा एक घरपरिवार उद्दार गरिएको, उदयपुरको साकेलाखोला तथा झापामा बाँध निर्माणमा सहयोग गरिरहेको, सुनसरीमा हराएका एक व्यक्तिको खोजी गरिरहेको र ललितपुर नख्खुस्थित हिमाल हाइड्रोपावरको कार्यालयमा डुबानमा परी फसेका ८ जनाको उद्दार गरिएको जनाइएको छ ।

सेनाले बाराको तामागढी पोष्ट र सिरहामा जमेको पानी निकालेको, महोत्तरीको रातुखोलामा बााध मर्मत तथा रोतहटमा उद्दार कार्यमा सक्रीयता बढाएको विज्ञप्तीमा उल्लेख गरेकाे  छ ।

यसैगरी नेपाली सेनाले श्री मध्य पुर्वी पृतना अन्तर्गत बारा, धनुषा, सिराहा, महोत्तरी र रौतहट तथा उपत्यका पृतना अन्तर्गत काठमाडौंका विभिन्न स्थानहरुका साथै ललितपुर र काभ्रेपलाञ्चोक विभिन्न स्थानमा उद्दार कार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू