अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

हरेक घर परिवारको कहानीलाई गीत बनाएर गाए, मान्छे पनि रुवाए रामप्रसाद खनालले

राधा शर्मा २०७६ असार २६ गते २२:४९ मा प्रकाशित

अग्रज लोक गायक रामप्रसाद खनालले अमेरिकाबाट नेपाल आएर फेरी अर्को मान्छेको मन छुने गीत रिलिज गरेका छन् । हरेक घर परिवारको कहानी लाई गीत बनाएका खनालले आफ्नै शब्द र स्वरमा गाएको यो गीतको भिडियो रिलिज भएपछि दर्शक श्रोताहरूले यो गीतले मेरो मुटु छोयो, मैले आँसु रोक्न सकिन भन्दै सामाजिक सञ्जालहरूमा कमेन्ट समेत गर्न थालेका छन् । 

३ हप्ता अघि पञ्चेबाजाको मौलिक लोक दोहोरी “दुलाहा दुलही” रिलिज गरेका खनालले उक्त गीतबाट वाहवाही पाइरहेका छन् भने भर्खर रिलिज भएको यो गीत मान्छेको मन मुटु छुने प्रकारको छ । हरेक घर परिवारको कहानीलाई टपक्क टिपेर गीत बनाएका र गाएका खनालको यो गीत स्लो मोसनको तर सदाबहार रहने प्रकारको गीत बनेको छ ।

खनालले आफ्नो यो गीतमा धेरै कलाकारहरू समेत समेटेका छन् अभिनयमा । गायक गायिका देखी कलाकार सम्म दर्जन भन्दा बढीले अभिनय गरेको यो गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन् ।

गीतका केही हरफ यस्ता पनि छन्:
बाहिर बाट रेखदेख गर्ने हुँदा रहेछन् बाबु मात्र
आफ्नै प्राण भन्दा बढी माया गर्ने आमा मात्र
दाजु पराइ भैहाल्दछन भाउजू घरमा आए पछि
भाइहरू झनै टाढा बुहारी लाई ल्याए पछि ….
साथी भाइ भनौँ भने स्वार्थी धेरै हुँदारैछन
केही न भए बुङ्गो भैयो भएको देखे रुँदारैछन
बाहिरबाट रेखदेख गर्ने हुँदा रैछन बाबु मात्र…….

यी र यस्ता मन छुने शब्दहरू समेटिएको गीतमा निम्नानुसार कलाकारहरूको सहभागिता रहेको छ:

गीतको बोल : बाहिरबाट रेखदेख गर्ने हुँदा रहेछन् बाबु मात्र ….
शब्द: रामप्रसाद खनाल
स्वर: रामप्रसाद खनाल
सङ्गीत: थानेश्वर गौतम
एरेन्ज: आशिष् अविरल
रेकर्डिङ: राग रेकर्डिङ
रेकर्डिस्ट: HBN किस्मत
निर्देशन : प्रकाश भट्ट
अतिथि निर्देशक : शिव हरी पौड्याल

कलाकार / अभिनय: रामप्रसाद खनाल, सुरवीर पण्डित, मञ्जु पौडेल, पदम पौडेल, श्रीमती पौडेल, सरस्वती तिमिल्सिना, रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्ले, इन्द्र जिसी, विमल राज क्षेत्री, राजु पौडेल ( राजु मास्टर ), विनोद केसी, लेखान्त भुसाल, सरस्वती फुयाँल, यम क्षेत्री, अमृता लुँगेली मगर, नवीन पौडेल, ध्रुव ज्ञवाली, सुमित्रा पौडेल बाशीस्थ, जानकी ज्ञवाली, भीमा पौडेल नेपाल, महादेव अर्याल र अन्य कलाकारहरू
छायाङ्कन: राजेश घिमिरे
भिडियो सम्पादन: विष्णु शर्मा

प्रतिक्रिया