अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

‘कांग्रेस दिनभरि विपी र रातभरि विप्लव बन्यो’– संचारमन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ असार २६ गते ८:०९ मा प्रकाशित

सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दिनभर बिपी र रातपरेपछि विप्लव बनेको बताउनुभएको छ । हिंसाबारे नेपाली कांग्रेस र विप्लव समूहको एउटै धारणा हो भने त्यो स्पष्ट हुनुपर्ने बास्कोटाको भनाई छ ।

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले कांग्रेसमाथि यस्तो आरोप लगाएका हुन् । कांग्रेसको चार तारामध्ये एक तारा शान्ति, एक तारा लोकतन्त्र हो भने अब त्यसबारेमा यथार्थ खोज्ने बेला आएको टिप्पणी गर्नुभयो । अहिले सर्वसाधारण र प्रहरी मारिएको उल्लेख गर्दै उहाँले हिंसाबारे कांग्रेस र विप्लवको धाराणा एउटै हो? भनी प्रश्न गर्नुभयो ।

हिंसालाई प्रोत्साहन गरेर सरकारलाई अप्ठ्यारो पार्दै टुटाउन, फुटाउन, गिराउनको लागि कांग्रेसले जति आराधना गरेपनि नेकपा नफुट्ने उहाको दावी थियो । सत्ता परिवर्तन हुन्छ अनि खेल्छु र भागबण्डा गरेर खान्छु भन्नु दिवा सपनामात्रै हुने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले कांग्रेसको भ्यागुतको धार्नी कहिल्यै नपुग्ने ठहर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू