अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

विप्लव समुहका जिल्ला इन्चार्जसहित १२ कार्यकर्ता नेकपामा प्रवेश

बिआरटीनेपाल २०७६ असार २६ गते ८:०७ मा प्रकाशित

विप्लव समुहका मेची–कोशी ब्यूरो इन्चार्ज एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकता अनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडेल दिने नेतृत्वको सपना भएको बताउनुभयो ।

बाँकी रहेका सबै कम्युनिष्ट पार्टी र समुहहरु एक जुट भई महान् उद्देश्य पुरा गर्न लाग्नु पर्ने उहाको भनाई छ । पार्टी प्रवेश कार्यक्रममा नेता तथा कार्यकर्ताको नेतृत्व गरी आउनुभएका मेचीकोशी ब्यूरो सदस्य तथा झापा ब्यूरो इन्चार्ज सौगात आचार्यले आफूहरुलाई हतियार नै उठाएर मात्र समाजवाद आउँछ भन्ने कुरा नलागेको बताउनुभयो । जुन व्यवस्था ल्याए पनि फेरि युद्ध गर्ने र मानिस मर्ने नभए हुन्थ्यो भन्ने जनताले दिएकोे सुझावका आधारमा आफूहरु शान्तिपूर्ण राजनीतिमा आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू