अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 01:32

हिमाल ,पहाड र तराई एक भई राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ – उपप्रधानमन्त्री पोख्रेल

बिआरटीनेपाल २०७६ असार २५ गते ९:५९ मा प्रकाशित

सरकारका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको राष्ट्रिय एकता बलियो बनाउनलाई हिमाल, पहाड र तराई एकजुट हुनुपर्ने बताउनुभएको छ । बुधबार मधेशी आयोले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले तराई, मधेशका जनतामा देशभक्तिको भावना रहेको उल्लेख गर्दै उनीहरुको योगदानको खोजी गर्न समेत मधेशी आयोगलाई आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेले हरेक समुदायका आ–आफ्नै समस्या रहेको र त्यसको समाधानको लागी विचार विमर्श गरि अगाडि बढनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । तराई, मधेशका थारु लगायतका समुदायले पुर्याएको योगदानको उचित कदर हुने गरि खोज अनुसन्धानका कामलाई अघि बढाउन पोखरेलले विज्ञहरुलाई सुझाव समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू