अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

चिकित्सकमाथि हुने दुब्र्यवहारका घटना न्यून गर्ने विषयमा छलफल

बिआरटीनेपाल २०७६ असार २३ गते ९:५७ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा चिकित्सकहरुमाथि असुरक्षाका घटनाहरु बढ्दै गएको भन्दै सोमबार गृहमन्त्री तथा सुरक्षा निकायका जिम्मेवार अधिकारीहरुको सहभागितामा छलफल गरेको छ । चिकित्सकमाथि हुने दुब्र्यवहार का घटना न्यून गर्ने विषयमा छलफल गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले चिकित्सकले राम्रोसँग उपचार गर्दा–गर्दै पनि उनीहरुमाथि दुब्र्यवहारका घटना बढेकोले विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल चलाएको बताउनुभयो । चिकित्सकको लापरबाहीका कारण नै बिरामीको मृत्यु भएको छानबिनका क्रममा पाइए स्वास्थ्य मन्त्रालयले कानुन बमोजिम कारबाही गर्ने तर स्वास्थ्यकर्मीमाथि हुने दुब्र्यवहार र असुरक्षाका घटना अन्त्य गराउनुपर्ने उहाको भनाई थियो ।

छलफलमा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिहरुले उपचारका क्रममा आफूहरुले भोग्नुपरेका दुब्र्यवहार घटना सुनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू