अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१७
| Colorodo: 20:32
शनिबार अपराह्न काठमाण्डौं उपत्यकामा भुकम्प गएको छ । उपत्यका हल्लाउने गरी आएको भूकम्पको केन्द्रबिन्दु भक्तपुर रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भक्तपुर केन्द्र भएर ४ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको हो । केन्द्रका अनुसार ४ रेक्टरभन्दा माथिका भूकम्पलाई ठूला भूकम्प मानिन्छ ।
अपराह्न ४ बजेर १५ मिनेटमा भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको थियो । भारी वर्षात भइरहेका बेला भूकम्प गएपछि मानिसहरु घरबार निस्कनसमेत समस्या भएको थियो । यो भुकम्प गोर्खा भुकम्पकै पराकम्प भएको केन्द«ले जनाएको छ ।