अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२१ | Colorodo: 23:36

आइफाबारे सरकारपछि हटेको छैन – कानुनमन्त्री ढकाल

बिआरटीनेपाल २०७६ असार २० गते १०:०३ मा प्रकाशित

नेपाल सरकारका संघीय मामिला तथा कानुनमन्त्री भानुभक्त ढकालले इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम काठमाडौंमा आयोजना गर्ने निर्णयबाट सरकार पछि नहटेको बताउनुभएको छ । मन्त्री ढकालले मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो ।

आइफा अवार्ड कार्यक्रम आयोजना गर्ने निर्णयबाट सरकारपछि हटेको वा अगाडि बढेको भन्ने विषय मिडियामा भ्रमपूर्ण प्रचार भएको उहाको भनाई थियो । सरकारले निर्णय गरेर फेरि ब्याक भयो भन्ने प्रचार आत्मरति प्रचार मात्रै रहेको मनत्री ढकालले बताउनुभयो ।

प्रतिक्रिया