अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८ | Colorodo: 04:53

गण्डकी प्रदेशमा एक बर्षमा झण्डै १४ हजार जनाद्धारा गर्भपतन

बिआरटीनेपाल २०७६ असार २० गते ९:५० मा प्रकाशित

गण्डकी प्रदेशमा एक बर्षमा १३ हजार ९ सय ३७ जनाले गर्भपतन गराएका छन् । पोखरामा आज सञ्चारकर्मी र सरोकारवाला वीच भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर भवानी शर्माले कार्यपत्र मार्फत सो जानकारी गराउनु भएको हो ।

गर्भपतन गराउनेमा ७२ प्रतिशत २० बर्ष मुनिका महिला रहेको बताईएको छ । अहिलेपनि नेपालमा ५८ प्रतिशतले असुरिक्षत गर्भपतन गराउने गरेको शर्माको भनाई थियो । नेपालमा १ सय ७८ सस्थामा सुरक्षित गर्भपतन गराउने मान्यता पाएपनि अझैपनि असुरक्षित गर्भपतन गराउनेको सख्यामा कमी नआएको बुझिएको छ ।

अन्तरक्रियामा डाक्टर गिरीधारी शर्मा ,सोसाइटी अफ हेल्थकेयर जर्नालिष्ट नेपालका अतुल मिश्र लगायतकाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू