अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०० | Colorodo: 11:15

मनाङ्ग ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ नेकपा प्रवेश गर्ने

बिआरटीनेपाल २०७६ असार १८ गते ९:५९ मा प्रकाशित

मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुहुने भएको छ । सांसद गुरुङलाई बिहीबार जिल्ला पार्टी कार्यालयमा नेकपा प्रवेश गराउने कार्यक्रम तय भएको केन्द्रीय सदस्य भीम कार्कीले जानकारी दिनुभयो ।

गुरुङलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम छ। गुरुङले निर्वाचित भएको १६ महिनापछि २०७५ माघ १४ गते सभामुख नेत्रनाथ अधिकारीबाट सांसदको सपथ लिनुभएको थियो । हाल उहाँ प्रदेशको अर्थ तथा विकास समितिको सदस्यको जिम्मेवारीमा समेत रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू